लगानी खबर, काठमाडौँ - नेपालमा अनलाइन शेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ३ लाख ७६ हजार २ सय ६१ जना पुगेको छ । जसमध्ये, सक्रिय अनलाइन प्रयोगकर्ताकाे संख्या एक लाख ९५ हजार ९ सय ८९ जना रहेकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रकाशन गरेकाे विवरण अनुसार फागुन ९ गते, आइतबारसम्म ब्रोकर खाता खोल्नेको संख्या ५ लाख ५० हजार ४ सय ९ जना पुगेकाे छ ।
उक्त तथ्यांकमा उल्लेख भए अनुसार अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ५८ रहेको छ । नासाले हालसम्म ३६ हजार ३ सय २७ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ ।
तलकाे तथ्यांकमा हेर्नुस् कुन ब्रोकरमा लगानीकर्ताको धेरै आकर्षण :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।