Like us!
Follow us!

दोस्रो चरणको हकप्रद निष्कासन गर्न अपि पावर धितोपत्र बोर्डको ढोकामा

दोस्रो चरणको हकप्रद निष्कासन गर्न अपि पावर धितोपत्र बोर्डको ढोकामा

​लगानी खबर, काठमाडौँ -  अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । 

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन ९ गते, आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

त्यसैगरी, कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

यसअघि पहिलाे चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

603367051bb7d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।