Like us!
Follow us!

अब बीमा कम्पनीहरुले वित्तीय विवरण एनएफआरएस प्रणालीबाट प्रकाशित गर्नुपर्ने

अब बीमा कम्पनीहरुले वित्तीय विवरण एनएफआरएस प्रणालीबाट प्रकाशित गर्नुपर्ने

लगानी खबर, काठमाडौं - बीमा समितिले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

समितिले निर्देशिका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो। समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । 

अबउप्रान्त जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न समितिले निर्देशन दिइसकेको छ  ।

60335ef12c330.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।