लगानी खबर, काठमाडौँ - आज (आइतबार) शेयर बजार झिनाे अंकले बढेकाे छ ।
आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, बढेकाे बजारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शिव श्री हाइड्रोपावर लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एन आईसी एशिया ब्यालेन्स फण्ड, एनएमबी हाइब्रिड फण्ड एल १, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।