लगानी खबर, काठमाडौँ - आज (आइतबार) शेयर बजार सामान्य वृद्धि भएकाे छ ।
आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, बढेकाे बजारमा नेपाल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, सिभिल बैंक लिमिटेड, अपर तामाकाेशी र नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ ।
बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।