Like us!
Follow us!

शेयर बजार ३.६६ अंकले बढ्दा घट्यो सेन्सेटीभ परिसूचक

शेयर बजार ३.६६ अंकले बढ्दा घट्यो सेन्सेटीभ परिसूचक

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार सामान्य सुधार देखिँदा सेन्सेटीभ परिसूचक भने घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) शेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ ।

कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल बैंक लिमिटेडले अग्र स्थान कायम गरेकाे छ । आइतबार अपर तामाकाेशी, शिव श्री हाइड्राेपावर, निफ्रा लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

 हेराैं आजकाे शेयर तालिका :

60322a7831f8e.jpg 60322a866f002.jpg 60322a8dc77a4.jpg 60322a9466bb7.jpg 60322a9c19eb1.jpg 60322aae22586.jpg 60322abdc4689.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।