Like us!
Follow us!

महिला लघुवित्तको आइपिओ यसै साता बाँडफाँड हुने, पर्ने सम्भावना कति ?

महिला लघुवित्तको आइपिओ यसै साता बाँडफाँड हुने, पर्ने सम्भावना कति ?

लगानी खबर, काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओकाे बाँडफाँड यसै साता हुने भएकाे छ ।

बुधबारसम्म प्रि– अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडकाे स्राेतले लगानी खबरलाई जानकारी दिएकाे छ । हाल संस्थाकाे आइपीओकाे डाटा भेरिभाईको काम भइरहेकाे छ । भेरिभाईको काम सकिए लगत्तै प्रि– अलोटमेण्ट गरिनेछ ।

संस्थाकाे आइपिओमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणको लागि माग गरिएकाे ३ लाख ७५ हजार कित्ता भन्दा ६२.४९ गुणा धेरै आवेदन हाे । माग भन्दा ६२.४९ गुणा धेरै आवेदन परेकाे हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ । 

गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी आवेदकहरूकाे हात खाली हुनेछ । 

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।