Like us!
Follow us!

५.६८ अंकले बढ्यो शेयर बजार !

५.६८ अंकले बढ्यो शेयर बजार !

 लगानीखबर काठमाडौं, आज (मंगलबार) पनि शेयर बजार हरियाे भएर बन्द भएकाे छ  ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.६८ अंकले बढेर एक हजार ४०७.८९ मा पुगेकाे छ । नेप्से ०.४१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.२३ अंकले घटेर २८९.७७ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ४१ लाख १४ हजार ५ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २३ करोड ९० लाख १७ हजार ४ सय २६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नागरिक लगानी कोषले अग्रता कायम गर्न सफल भएकाे छ । कोषको १६ कराेड ५८ लाख ९९ हजार ७ सय १९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।