Like us!
Follow us!

समीट लघुवित्तले बनायो शेयरधनीहरूलाई निराश

समीट लघुवित्तले बनायो शेयरधनीहरूलाई निराश

लगानी खबर, काठमाडौँ - समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 

संस्थाकाे फागुन ७ गते, शुक्रबार  बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश प्रस्ताव नगरी तयार गरिएकाे सजिलो लघुवित्त र समिट लघुवित्तको आर्थिक वर्ष २०७६/७७ काे छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी साधारण सभा गर्ने स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरेकाे संस्थाले एक सूचनामार्फत जानकारी दिएकाे छ । 

साेही कुरा बताउँदै संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने निर्णय भएकाे जानकारी गराएकाे हाे । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलाे लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज ६ गते, मंगलबारबाट एकीकृत कारोबार सुरू गरेका थिए ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603200c755f46.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।