Like us!
Follow us!

७ कम्पनीको लिलामी शेयर धमाधम बिक्रीमा, कुनको कति कित्ता ?

७ कम्पनीको लिलामी शेयर धमाधम बिक्रीमा, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – हाल बजारमा विभिन्न ७ वटा कम्पनीकाे लिलामी शेयर धमाधम बिक्री भइरहेकाे छ ।

लिलामीमा बिक्री भइरहेकाे शेयरहरूकाे विवरण यस प्रकारकाे छ :

१. नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड

 नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले फागुन २ गते , आइतबारबाट लिलाम बढाबढ गरि  २५ लाख कित्ता संस्थापक समूहकाे शेयरहरू बिक्री गरिरहेकाे छ । उक्त शेयरहरूकाे न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँ रहेकाे छ । उक्त शेयरमा हालका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले  आज (फागुन ९ गते, आइतबार) सम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । त्यसैगरी, उक्त शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

२. आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (एनआईसीकाे स्वामित्वमा)

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ३६ हजार ३ सय ६१ कित्ता संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त शेयरकाे न्युनतम मूल्य प्रति कित्ता ५ सय २३ रूपैयाँ ताेकिएकाे छ । यस शेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि फागुन १२ गते बुधबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

३. महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६१ हजार २ सय कित्ता संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त शेयरकाे न्युनतम मूल्य प्रति कित्ता ८ सय १२ रूपैयाँ ताेकिएकाे छ । यस शेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि फागुन १२ गते बुधबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

४. मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त शेयरकाे न्युनतम मूल्य प्रति कित्ता ४ सय ६३ रूपैयाँ ताेकिएकाे छ । यस शेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि फागुन १२ गते बुधबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

५. आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेड (एक्सेलकाे स्वामित्वमा) 

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ५ हजार ७ सय ७० कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त शेयरकाे न्युनतम मूल्य प्रति कित्ता ४ सय ९८ रूपैयाँ ताेकिएकाे छ । यस शेयरमा लगानीकर्ताले फागुन २० गतेसम्म न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

६. ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड​

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २५ हजार २ सय कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त शेयरकाे न्युनतम मूल्य प्रति कित्ता ४ सय रूपैयाँ ताेकिएकाे छ । यस शेयरमा लगानीकर्ताले फागुन २० गतेसम्म न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

७. युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ९५ हजार ६ सय ४९ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त शेयरकाे न्युनतम मूल्य प्रति कित्ता २ सय ९८ रूपैयाँ ताेकिएकाे छ । यस शेयरमा लगानीकर्ताले फागुन २० गतेसम्म न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।