लगानी खबर, काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले फागुन २ गते , आइतबारबाट लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयरहरूहरूमा आवेदन दिने आज (फागुन ९ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा २५ लाख कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरि बिक्री गरेकाे हाे ।
उक्त शेयरमा हालका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले आजसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।
त्यसैगरी, उक्त शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।