Like us!
Follow us!

नागरिक लगानी कोषको हकप्रद बाँडफाँड

नागरिक लगानी कोषको हकप्रद बाँडफाँड

लगानी खबर, काठमाडौं – नागरिक लगानी कोषले पुस २८ गते मंगलबारदेखि  माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद शेयर बाँडफाँड गरेकाे छ ।

काेषले चुक्ता पूँजीको १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने १२ लाख ६ सय ६० जना शेयरधनीहरूलाई कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन ६ गते बिहीबार बाँडफाँड गरिएकाे काेषले एक सूचना मार्फत जानकारी दिएकाे छ । 

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरेकाे थियाे । 

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6031bde0f3ce7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।