Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

एनएलजी इन्स्योरेन्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।

कम्पनीको मंसिर ५ गते सम्पन्न भएकाे चाैधाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७ प्रतिशत बाेनस शेयर कार्तिक २४ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा पनि सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । 

कम्पनीकाे शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6031ba05ac61f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।