Like us!
Follow us!

ग्रीन लाइफ हाइड्रोको आइपिओ बाँडफाँड, १० कित्ता हात पार्ने कति ?

ग्रीन लाइफ हाइड्रोको आइपिओ बाँडफाँड, १० कित्ता हात पार्ने कति ?

लगानी खबर, काठमाडौँ - ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (फागुन ७ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे गरिएकाे छ ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्दा भाग्यमानी २ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । 

कम्पनीकाे आइपिओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेकाे थियाे । जसमध्ये ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको हुनाले १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको क्यापिटलले जनाएकाे छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि  माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।