Like us!
Follow us!

हाइड्रोमा लगानी गर्ने अवसर : ४ करोड ७ लाखको आइपिओ आजबाट खुल्याे

हाइड्रोमा लगानी गर्ने अवसर : ४ करोड ७ लाखको आइपिओ आजबाट खुल्याे

लगानी खबर, काठमाडौं – रुरु जलविद्युत् परियोजना लिमिटेडले आज (फागुन ७ गते, शुक्रबार) बाट आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणका लागि अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपिओ जारी गर्नेछ । 

कति दिने आवेदन ?

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आइपीओमा छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

आइपिओकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :


 

 

602f28c986378.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।