Like us!
Follow us!

कुमारी क्यापिटलको 'कुमारी ईक्वीटी फण्ड' फागुन १४ गतेबाट निष्कासन हुने

कुमारी क्यापिटलको 'कुमारी ईक्वीटी फण्ड' फागुन १४ गतेबाट निष्कासन हुने

कोष प्रबन्धक कुमारी बैंक लिमिटेड रहेको र कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालन हुने ८० करोडको  ८ करोड इकाइ‘कुमारी इक्विटी फन्ड’ फागुन १४ गतेबाट निष्कासन हुने भएको छ।  

यस योजना  १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि र  बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो दशवर्षे बन्दमुखी योजना हो । लगानीकर्ताले यो योजनामा फागुन १४ गतेबाट फागुन २८ गतेसम्म आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकृत ८० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। 
इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ। 

योजनाब्यवस्थापकले वृहतअध्ययनतथाविश्लेषणको आधारमाइकाई बिक्रिबाट संकलित रकमदक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमालगानी गरी जोखिमको उचितब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु १० रुपैयाँबाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात)सम्म २२.४९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
 
कहाँ-कहाँबाट दिने आवेदन ?
यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। 

कुमारी इक्विटी फन्डको बारेमा अन्य जानकारीको लागि तलको सूचना हेर्नुहोस्:-

602e0217ccdc9.JPG 602e021d0e609.JPG 602e022143839.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।