Like us!
Follow us!

महिला लघुवित्तको आइपिओमा पर्यो मागभन्दा ६२.४९ गुणा बढी आवेदन, पर्ने सम्भावना कति ?

महिला लघुवित्तको आइपिओमा पर्यो मागभन्दा ६२.४९ गुणा बढी आवेदन, पर्ने सम्भावना कति ?

लगानी खबर, काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा अन्तिम दिन आज (फागुन ५ गते, बुधबार) सम्ममा मागभन्दा ६२.४९ गुणा धेरै आवेदन परेकाे छ ।

बुधबार बेलुका ४ः४५ बजेसम्ममा १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणको लागि माग गरिएकाे ३ लाख ७५ हजार कित्ता भन्दा ६२.४९ गुणा धेरै आवेदन हाे । माग भन्दा ६२.४९ गुणा धेरै आवेदन परेकाे हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।