Like us!
Follow us!

दिनहुँ नयाँ कीर्तिमानीतर्फ शेयर बजार

दिनहुँ नयाँ कीर्तिमानीतर्फ शेयर बजार

लगानी खबर, काठमाडौँ - आज (बुधबार) पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार शेयर बजार नेप्से २६११.४५ विन्दुमा पुगी बन्द भएकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १८.२९ अंकले बढेर २६१९.८१ विन्दुमा पुगेको थियाे । हिजाे  मंगलबार शेयर बजार १५.५० अंकले बढेर हालसम्मकै उच्च अर्थात् २६०१.५१ विन्दुमा बन्द भएकाे थियाे । नेप्सेले आज साेही विन्दुलाई ताेडी नयाँ रेकर्ड बनाएकाे हाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर ४७५ मा पुगेको छ ।

कूल २०३ वटा कम्पनीकाे एक कराेड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन उर्जा लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा सनराइज फर्स्ट म्युचुअल फण्ड, इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेड लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । बुधबार काराेबार रकमकाे आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड नै अग्र स्थानमा छ ।

 हेराैं आजकाे शेयर तालिका :

602ce10c40be4.jpg 602ce1120a249.jpg 602ce11799696.jpg 602ce11da6bf4.jpg 602ce12540a50.jpg 602ce133c73ba.jpg 602ce13ef1743.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।