लगानी खबर, काठमाडौँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर आज (फागुन ५ गते, बुधबार) बाट शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले संस्थापक समूहकाे २३ हजार ५ सय कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ५ सय एक रूपैयाँमा बिक्री खुल्ला गरेकाे हाे ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आज (फागुन ५ गते, बुधबार) बाट फागुन २३ गतेसम्म शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।
त्यसैगरी, उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।