लगानी खबर, काठमाडौँ - मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते, आइतबारबाट माघ २३ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई फागुन ३ गते, साेमबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
फाइनान्सले ८ वर्ष अवधिको लागि ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाममा ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री खुल्ला गरेकाे हाे ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।