Like us!
Follow us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सको अध्यक्षमा रमण शर्मा

महालक्ष्मी लाईफ इन्स्योरेन्सको अध्यक्षमा रमण शर्मा

लगानी खबर, काठमाडौँ - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित सञ्चालकहरुको फागुन ३ गते साेमबार बसेको बैठकले सञ्चालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतीले अध्यक्ष पदमा  मनोनयन गरेको छ । फागुन ३ गते, साेमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा  मनोनयन गरेको हो । 

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले  आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।