Like us!
Follow us!

फरवार्ड माइक्रोफाइनान्सको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

फरवार्ड माइक्रोफाइनान्सको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (फागुन ४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भाेलि फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, आज (फागुन ४ गते, मंगलबार) सम्म नेप्सेमा कायम भइ कारोबार गर्ने शेयरधनीहरुले मात्र लाभांश लिन र सभामा भाग लिन सक्नेछन् ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाकाे आठौँ वार्षिक साधारण सभा फागुन २१ गते शुक्रबार बिहान ११ बजेबाट सुरु  हुँदैछ । 

सभामा संस्थाकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र ६.५८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।