लगानी खबर, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीहरूकाे हकप्रद आवेदन रद्द गरेकाे छ । माग गरेका कागजात तथा विवरणहरु समय मै उपलब्ध नगराएका हुनाले एचआईडिसीएसल, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ङादी हाइड्रो लगायतका हकप्रदकाे आवेदन रद्द गरिएकाे बाेर्डले जनाएकाे छ ।
याे सँगै बाेर्डमा हकप्रद निष्कासनका लागि पाइपलाइनमा रहेका एचआईडिसीएसल, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ङादी हाइड्रोकाे नाम हटेकाे छ । यी कम्पनीहरुले बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेका हुनाले आवेदन रद्द गर्नुपरेकाे बाेर्डकाे भनाइ छ । अब हकप्रदको पाइपलाइनमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड मात्र रहेका छन् ।
त्यसैगरी, बोर्डले अब उप्रान्त हकप्रदमा मात्र नभएर आइपिओ, ऋणपत्र, एफपिओ, लगायतका सार्वजनिक निष्कासनहरूमा यही प्रक्रिया अपनाउने भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।