Like us!
Follow us!

ग्रीन लाइफ हाइड्रोको आइपिओ बाँडफाँड गर्न जुर्यो साइत : शेयर पाउने भाग्यमानी कति ?

ग्रीन लाइफ हाइड्रोको आइपिओ बाँडफाँड गर्न जुर्यो साइत : शेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौँ - ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड शुक्रबार हुने भएकाे छ । तर समय र स्थान भने हालसम्म तय भएकाे छैन । 

कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्ममा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरकाे २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताकाे लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.३० गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाकाे हात खाली हुनेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि  माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।