आज (सोमबार) सेयर बजार भारी अंकले बढेको छ । आज सेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो।
आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।
कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कारोबार रकमको आधारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ७० करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
त्यसैगरी, क्रमशः नबिल बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, एनआईसि एशिया बैंक लिमिटेड, नेको इन्सुरेन्स कम्पनि लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।