आज (सोमबार) सेयर बजार भारी अंकले बढेको छ । आज सेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो ।
आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ।
कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सेयरबबजारमा उछाल आउँदा पनि आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् आज पन्चकन्या माई हाइड्रोपावर लिमिटेड, सानिमा बैंक लिमिटेडको ऋणपत्र २०८५, एनआईसि एशिया ऋणपत्र २०८१/८२, एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयर, १०.२५% एनआईसि एशिया ऋणपत्र ८३/८४ र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका हुन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।