किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७३१.१७ प्रतिशतले धेरै हो। गत वर्ष यही अवधिमा संस्थाले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले सञ्चालन मुनाफाबापत ३ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यस्तो मुनाफा २४ लाख ४४ हजार रुपैयाँमा सीमित थियो। 
त्यसैगरी,  संस्थाले १७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ३ करोड ८९ लाख रुपैयाँमा सीमित थियो। 
संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ र जगेडा तथा कोष  १० करोड ८० लाख रुपैयाँ रहेको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ९.४७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.५२ रुपैयाँ रहेको छ। 
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:- 
                         
                                                     
                                                     
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।