Like us!
Follow us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (फागुन ३ गते, आइतबार) अन्तिम मौका रहेको छ । 

बैंकले आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि हकप्रद सेयर बिक्री गरिरहेकाे छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

बैंकले १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन  गरेकाे हो ।

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि पाैष २९ गते, बुधबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, पाैष २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ ।

बैंककाे हकप्रदलाई इक्रा नेपालले 'इक्राएनपीआईआर सिङ्गल सी' रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडाैँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्  :

6029da6658a3f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।