Like us!
Follow us!

महिला लघुवित्तको आइपिओमा पर्यो मागभन्दा ३७.४७ गुणा बढीको आवेदन, पर्ने सम्भावना न्यून बन्दै

महिला लघुवित्तको आइपिओमा पर्यो मागभन्दा ३७.४७ गुणा बढीको आवेदन,  पर्ने सम्भावना न्यून बन्दै

लगानी खबर, काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा मागभन्दा ३७.४७ गुणा धेरै आवेदन परेकाे छ ।

आइतबार बेलुका ५ बजेसम्ममा ९ लाख १२ हजार ४ सय १५ जना आवेदकले १ अर्ब ४० करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख ५१ हजार ३५० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणको लागि माग गरिएकाे  ३ लाख ७५ हजार कित्ता भन्दा ३७.४७ गुणा धेरै आवेदन हाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटाेमा फागुन ४ गतेदेखि ढीलाेमा फागुन १४ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।