लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । आइतबार शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३३.३३ अंकले घटेर २४९३.५९ मा पुगेकाे छ । नेप्से १.३२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.३१ अंकले घटेर ४५४.१२ मा पुगेको छ ।
कूल २०२ वटा कम्पनीकाे एक कराेड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९ सय ३१ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये सामूहिक लगानी काेष बाहेक सबै उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।
त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ५२ कराेड ३३ लाख ६७ हजार ४ सय २४ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।