Like us!
Follow us!

खुल्ना साथ निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

खुल्ना साथ निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर मूल्यमा काराेबार सुरू भएकाे आज पहिलाे दिन खुल्ना साथ सकारात्मक सर्किट लागेको छ । नियमित कारोबार सुरु भएको एक मिनेट (११:१) जाँदा नै बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।  

बैंकको पहिलो कारोबार ३४० रूपैयाँमा भएकाे थियाे । प्रि ओपन सेसनमा बैंकको ७ हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको थियो ।

बिहीबार बैंककाे २० करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

बैंककाे आइपिओलाई शेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।