Like us!
Follow us!

कतिमा भयो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पहिलो कारोबार?

कतिमा भयो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पहिलो कारोबार?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा बैंककाे काराेबार प्रतिकित्ता ३४० रुपैयाँमा भएकाे छ । बैंककाे १० कित्ता शेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो ।

बिहीबार बैंककाे २० करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

बैंककाे आइपिओलाई शेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।