Like us!
Follow us!

छुट्ला है नारायणी डेभलपमेन्ट बैंकको हकप्रद, अब २ दिन मात्र बाँकी

छुट्ला है नारायणी डेभलपमेन्ट बैंकको हकप्रद, अब २ दिन मात्र बाँकी

लगानी खबर, काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि हकप्रद शेयर बिक्री गरिरहेकाे छ । उक्त हकप्रद शेयर भर्न अब २ दिन मात्र बाँकी रहेकाे छ ।

बैंकले १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन  गरेकाे हो ।

बैंकले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि पाैष २९ गते, बुधबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, पाैष २८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले भाेलि फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ ।

रेटिङ कति ?

बैंककाे हकप्रदलाई इक्रा नेपालले 'इक्राएनपीआईआर सिङ्गल सी' रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडाैँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदका बारेमा अन्य विवरण यस प्रकारकाे छ :

6028989b64194.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।