Like us!
Follow us!

चम्किए अपि पावरको अधिकांश सूचक (विवरणसहित)

चम्किए अपि पावरको अधिकांश सूचक (विवरणसहित)

लगानीखबर काठमाडौं,  अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चाैथाे त्रैमासकाे विवरण हेर्दा कम्पनीकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा कम्पनीले ९ करोड ५७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३५.०४ प्रतिशत अर्थात २ करोड ४८ लाख रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ७ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर ३२ करोड ४४ लाख ४० हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ८१.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १७ करोड ८७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड १० हजार रूपैयाँ रहेकाे छ । चाैथाे त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसाले बढेर ८ रुपैयाँ ४ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २८ पैसा रहेकाे छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख  रुपैयाँ बराबरको प्रति शेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रदबाट पाएको रकमले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा  लगानी गर्ने जानकारी दिएकाे छ ।

कम्पनीले सार्वजनिक गरेकाे चाैथाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।