लगानी खबर, काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडको हिजाे (माघ ३० गते, शुक्रबार) सम्पन्न भएकाे होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाबाट संस्थापक शेयरधनी समुहतर्फ सञ्चालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारण सभा सम्पन्न भए पश्चात बसेको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको बैंकको १३.५ प्रतिशत बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गतेसम्मका शेयरधनीले मात्र साधारण सभाबाट पारित बोनस शेयर प्राप्त गर्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।