लगानी खबर, काठमाडौँ - पाँचथर पावर कम्पनी लिमिटेडले चौँथो र पाँचौ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे माघ २५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चौँथो र पाँचौ वार्षिक साधारण सभा फागुन २४ गते, साेमबार, होटल इम्पेरीयल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।