Like us!
Follow us!

शुक्रबार सुनको मूल्यमा गिरावट, कतिमा कारोबार हुँदैछ ?

शुक्रबार सुनको मूल्यमा गिरावट, कतिमा कारोबार हुँदैछ ?

शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो ।
आज छापावाला सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहिबार छापवाला प्रतितोला ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भने आज तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँ पुगेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।