नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमूल्यमा समायोजन भएको छ।
कम्पनीको गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २ हजार ३३३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ हजार ७९९ रुपैयाँ रहेको थियो।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।