कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
उक्त संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
उक्त समयभित्र कुनैपनि आवेदन नपरेमा उक्त सेयर बाहिरी बिक्रीका लागि प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।