Like us!
Follow us!

एनआईसी एशिया बैंकको डेबिट कार्ड अनलाइनबाटै ब्लक गर्न सकिने

एनआईसी एशिया बैंकको डेबिट कार्ड अनलाइनबाटै ब्लक गर्न सकिने

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ ।

बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सकिने सेवा ग्राहक सामुन्ने ल्याएको हाे । 

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको iServe डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त iServe भित्र Card Services मा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहकहरूलाई एसएमएसमार्फत खबर गर्ने व्यवस्था समेत छ ।

त्यस्तै, यस सुविधाले ग्राहकलाई सहज रुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले विश्वास लिएको छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।