Like us!
Follow us!

शुक्रबार २ कम्पनीको साधारण सभा हुँदै, कुनको के एजेन्डा ?

शुक्रबार २ कम्पनीको साधारण सभा हुँदै, कुनको के एजेन्डा ?

लगानी खबर, काठमाडौं – विभिन्न २ वटा कम्पनीकाे वार्षिक साधारण सभा भाेलि (माघ ३० गते, शुक्रबार) हुँदैछ । गरिमा विकास बैंक लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडकाे साधारण सभा भाेलि (माघ ३० गते, शुक्रबार) हुन लागेकाे हाे ।

१. गरिमा विकास बैंक लिमिटेड

बैंककाे पाैष २९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा हाेटल पोखरा ग्रान्ड, पाेखरामा बिहान १०:३० बजेबाट सुरू हुनेछ । सभामा बैंककाे पुस १० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३.५० प्रतिशत बोनस शेयर र ०..७१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ १२ गतेदेखि माघ ३० गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, माघ ११ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. कालिका पावर कम्पनी लिमिटेड

कालिका पावर कम्पनी लिमिटेडको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर-१० चितवनमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा, नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि माघ १६ गतेदेखि माघ १९ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।