लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोबाईल वालेट “रेमिट्याप” सञ्चालन ल्याएको छ ।
बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले विशेषगरी डिजीटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँ नयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ सञ्चालन गर्दै आएको छ । यसैक्रममा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले माछापुच्छ्रे बैंकले आफ्नै मोवाईल वालेट संचालनमा लयाएको हो ।
Robust टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण (KYC) भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् ।
यसका साथै रेमिट्याप विशेषगरि विदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले विदेशको साथै नेपाल भित्र नै एक ठाउबाट अर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।
यसबाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।