Like us!
Follow us!

जनरल इन्स्योरेन्सको नाफा १६० प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

जनरल इन्स्योरेन्सको नाफा १६० प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

लगानी खबर  काठमाडाैं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १६० प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले एक करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ९.८६ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले १३ करोड २८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब रुपैयाँ र जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ रहेकाे छ । यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

60250898030db.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।