Like us!
Follow us!

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका कम्पनी

यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - आज (बिहीबार) शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।

बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ मा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६६ अंकले घटेर ४६३.४७ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

घटेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

6024fba0be676.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।