Like us!
Follow us!

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि

पेट्रोलियम पदार्थमा  मूल्य बृद्धि

लगानीखबर काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ ।

आइतबार रातीदेखि लागू हुनेगरी  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाइएको जानकारी गराएको छ ।

निगमका अनुसार अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाइएको हो ।

मूल्य बृद्धि पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ ।

त्यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।