Like us!
Follow us!

१६.११ अंकले घट्यो शेयर बजार : कारोबारमा डिप्रोक्स लघुवित्त अब्बल

१६.११ अंकले घट्यो शेयर बजार :  कारोबारमा डिप्रोक्स लघुवित्त अब्बल

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । बिहीबार शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ मा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६६ अंकले घटेर ४६३.४७ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ । 

त्यसैगरी, बिहीबार काराेबार रकमकाे आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । संस्थाकाे ५६ कराेड ६३ लाख २९ हजार ८ सय १८ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

हेराैँ आजकाे शेयर तालिका :

6024fb9324e34.jpg 6024fb9945687.jpg 6024fba0be676.jpg 6024fba76a76e.jpg 6024fbafcc7ce.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।