Like us!
Follow us!

नेपाल इन्स्योरेन्सको नाफा १७.३९ प्रतिशतले बढ्याे, कस्ता छन् अरू सूचक ?

नेपाल इन्स्योरेन्सको नाफा १७.३९ प्रतिशतले बढ्याे, कस्ता छन् अरू सूचक ?

लगानी खबर  काठमाडाैं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा १० करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १७.३९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ८ करोड ७४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३९ करोड ९० लाख ८५ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २३.९६ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३२ करोड १९ लाख २६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यसैगरी, कम्पनीकाे बिमा कोषको आकार पनि ३८.६७ प्रतिशतले बढेर ४७ करोड ३४ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा ३४ करोड १३ लाख ९२ हजार रुपैयाँ रहेकाे थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ र जगेडा कोषमा ३९ करोड २ लाख ६५ हजार रुपैयाँ रहेकाे छ । यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6024eae31c803.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।