Like us!
Follow us!

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश परिमार्जन : घट्यो बोनस

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश परिमार्जन : घट्यो बोनस

लगानी खबर, काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएकाे छ ।

बैंकले यसअघि आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई  ४.८४५ प्रतिशत बोनस शेयर र ०.२५५ नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीकाे लागि पेश गरेकाेमा बैंककाे निर्देशन अनुसार बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो ।

अब बैंकले ३.८० प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२० प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6024d14d0e7cd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।