लगानी खबर, काठमाडौं – तारागाउँ रिजेन्सी होटेल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (माघ २९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (माघ २९ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकाे पुस २३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २४औं वार्षिक साधारण सभा फागुन १४ गते , शुक्रबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश (५ प्रतिशत करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।