लगानी खबर, काठमाडौँ - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।
कम्पनीकाे पाैष १२ गते सम्पन्न भएकाे चाैबिसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बोनस शेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् मंसिर २८ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा माघ २२ गतेदेखि नै जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।
त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
बैंककाे शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।